सांगितिक बजारमा फरक प्रस्तुती पस्किदै लोक गायिका अन्जु गौतम (भिडियो सहित)



०८ भदौ २०७५, काठमाडौं

तेह्रथुम जिल्लाको फुलेकमा डिल्लीरमण गौतम र गंगादेवी गौतमको कोखबाट जन्मिएकी हुन् लोक गायिका अन्जु गौतम । परिवारका तीन सन्तान मध्ये जेठो सन्तानको रुपमा  अन्जुको जन्म भएको थियो । गहुगोरो वर्ण, हसिलो चेहरा, मिलनसार बानी र सबैसँग चाँडै घुलमिल हुने स्वाभाव भएकी  गायिका अन्जुको स्थायी बसोबास इटहरी भएता पनि यतिबेला काठमाडौंको चावहिलमा बस्छिन ।

लोक गायिका अन्जु गौतमसँगको रमाईलो कुराकानीको भिडियो :

नेपाली लोक संगीत क्षेत्रमा लागेर करिव १०० भन्दा बढी गीत पस्किसकेकी गायिका अन्जुले २०७० सालबाट निरन्तर रुपमा तीज गीत समेत गाईरहेकी छिन्  । उनका नेपाली छोरी, फुलको थुङ्गा, विरह चल्ने न्याउली चरी जस्ता गीतहरुले सांगीतिक बजार तताइसकेका छन् ।

साधारण नेपाली खाना दाल भात तरकारी खाना रुचाउने उनी आफु झट्ट रिसाए पनि चाँडै नै मन पलाउने बताउँछिन् । बच्चादेखि नै गीत संगीतमा झुकाव राख्ने अन्जुलाई मनपर्ने गायकमा प्रमोद खरेल तथा गायिकामा अन्जु पन्त रहेका छन् ।

साडी चोलोमा आफुलाई सजिदा धेरै गौरवान्वित महशुस गर्ने अन्जु तडकभडक खासै मन पराउँदिनन्  । निलो रंग बढी मन पराउने उनी शान्त, सफा तथा एकान्त वातावरणमा आफुलाई हराउन बढी चाहन्छिन् र त्यसैबाट आफुलाई आनन्द आउने प्रतिक्रिया दिन्छिन् ।

ईलामको कन्याम आफुलाई मनपर्ने ठाउँ भएको बताउने उनी कुनै दिन कन्याम गएर त्यहाँको मोहित वातावरणमा रमाउने सपना बुनेको बताउँछिन् । गायनमा परिवारको राम्रो सहयोग पाएकी उनी बुबाको प्रेरणा र श्रीमानको साथले नै यो अवस्थामा आएको बताउँछिन्  ।

तीज नजिकिदै गर्दा दुई सांगितिक कोशेली ‘सोह्र श्रृंगार’ र ‘ढल्की ढल्की जान्छु माईत’ बजारमा ल्याएकी छिन् । मौलिक शब्द र लयलाई आफ्नो गीतमा समावेश गरेकी अन्जुले तीजलाई भड्किलो र भद्धा तवरले नभई सरल र महिलाहरुको चाडको रुपमा लिएर मनाउनु पर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्