बिम्सटेकको तयारी पूरा, २८ अगस्टबाट पाहुना आउने



०८ भदौ २०७५, काठकाडौं

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा यहि १४, १५ भदौमा आयोजना हुँदैछ । शुक्रबार परराष्ट्र मन्त्रायलमा आयोजित पत्रकार सम्मेलन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शिखर सम्मेलनको तयारी पूरा भएको जानकारी दिए ।

सम्मेलनका लागि घोषणा पत्र, दस्तावेज तथा छलफलका विषयको टुङ्गो लागिसकेको पनि मन्त्री ज्ञवालीले जानकारी दिएका छन् । सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्याधीस तथा सरकारको प्रमुख सचेतक दासो छेरिङ वाङचुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारको राष्ट्रअध्यक्ष युङ मिन मिन्च, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिवसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचासँगै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधित्व गर्ने छन् ।

सदस्य देशका कार्यकारी प्रमुखको सहभागिता रहने सम्मेलनको टाइमलाइन यसप्रकार रहेको छ ।
अगस्ट २८– म्यानमारका राष्ट्राध्यक्ष युङ मिन मिन्चको काठमाडौं आईपुग्ने
अगस्ट २८ साँभ–– विज्ञ सम्मिलित बैठकबाट सम्मेलनमा प्रस्तुत हुने दस्तावेजको संशोधन ।
अगस्ट २९– भुटानका प्रधानन्याधीस तथा सरकारको प्रमुख सचेतक दासो छेरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिवसेना काठमाडौं आईपुग्ने
अगस्ट २९– बिम्सटेकको १६ औं मन्त्रीस्तरीय बैठक, प्रस्तावित दस्तावेजमाथि छलफल ।
अगस्ट ३० बिहान– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचाको काठमाडौं आईपुग्ने
अगस्ट ३०– नेपाल आएका सरकार प्रमुखको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारी निवासमा भेटघाट तथा दिवाभोज ।
अगस्ट ३०– दिवाभोजपछि बिम्सटेक सम्मेलनको प्रधानमन्त्री केपी ओलीद्वारा औपचारिक उद्घाटन (स्थान–सोल्टी होटल)
अगस्ट ३०– सहभागी सरकार प्रमुखबाट सहभागीताको स्टेटमेन्ट ।
अगस्ट ३० साँझ– प्रधानमन्त्री केपी ओलीद्वारा नेपाल आएका सरकार प्रमुखहरुको सम्मानमा रात्रीभोजको आयोजना (स्थान–ह्यात होटल)
अगस्ट ३१ बिहान– सरकार प्रमुखहरुका लागि रिट्रिटको आयोजना ।
अगस्ट ३१– सम्मेलनका महत्वपूर्ण दस्तावेजहरुमा हस्ताक्षर ।
अगस्ट ३१– काठमाडौं घोषणापत्र जारी ।
अगस्ट ३१– समापन समारोह ।
अगस्ट ३१– श्रीलंका र म्यानमारका सरकार प्रमुख बाहेक सबै सरकार प्रमुख स्वदेश प्रस्थान ।
अगस्ट ३१– प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय वार्ता ।
अगस्ट ३१– पशुपति क्षेत्र भित्र भारतीय सहयोगमा बनेको धर्मशालाको उद्घाटन तथा हस्तान्तरण ।
अगस्ट १– श्रीलंका र म्यानमारका सरकार प्रमुखद्वारा लुम्बिनीको भ्रमण ।

प्रतिक्रिया दिनुहोस्