बिम्सटेक सम्मेलन लगत्तै एक दर्जन राष्ट्रमा राजदूत सिफारिस गर्ने सरकारको तयारी



०८ भदौ २०७५,काठमाडौं

बिम्सटेक सम्मेलन लगत्तै सरकारले एक दर्जन राष्ट्रमा राजदूत सिफारिस गर्ने तयारी गरेको छ ।

यसअघि भारतका लागि राजदूत सिफारिस भएका निलकण्ठ उप्रेतीबारे सत्तारुढ दल नेकपाभित्रै विवाद भएको थियो ।

प्रधानमन्त्री नजिक श्रोतका अनुसार भारत, मलेसिया र यूएईमा नयाँ राजदूत नियुक्ति गर्ने तथा कतार, इजरायल, म्यानमार, स्पेन, बंगलादेश, जापान, दक्षिण कोरिया र ओमनका राजदूतलाई फिर्ता बोलाउने तयारी गरिएको छ । त्यसैगरि क्यानडा, फ्रान्स, थाईल्याण्ड, दक्षिण अफ्रिका, जेनेभा र कुवेतका राजदूतलाई भने कार्यकाल सकिएसँगै घर फर्काउने बताईएको छ ।

श्रोतका अनुसार बिम्सटेकको सम्मेलन सकिए लगत्तै राजदूत सिफारिसको काम गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्