बिम्सटेक शिखर सम्मेलनलाई मध्यनजर गर्दै सडक स्तरोन्नतीको काम तीब्र गतिमा हुँदै



०८ भदौ २०७५, काठमडौं

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएपछि काठमाडौंको विभिन्न स्थान सिंगार्न थालिएको छ ।

यस्तै जोरपाटी सडक खण्डमा पनि स्तरोन्नतीको काम तीब्र रुपमा भईरहेको छ । । यहि १४, १५ भाद्रमा हुन लागेको बिम्सटेकको चौंथो शिखर सम्मेलनमा सहभागिता जनाउन आउने सात राष्ट्रका अधिकारीहरुलाई जोरपाटी नारायणटार स्थित सुविधा सम्पन्न रिसोर्ट गोकर्ण रिसोर्टमा राखिने भएपछि उक्त सडक खण्डको स्तरोन्नतीको काम थालिएको हो ।

उक्त सडक खण्ड मर्मत सम्भार सँगसँगै साना तथा ठुला यातायातका साधनहरु चलेका छैनन् । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलाम्य हुने सडक स्तरोन्नती पछि भने यस्तो नहुनेमा स्थानीबासीहरु पनि विश्वस्त छन्

अहिले उक्त सडक खण्डका हिलो कटाएर फाल्ने, खाल्डो भएको ठाँउमा गिटी भर्ने तथा सडकको सबैतिरको सतह मिलाउने काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्