
०८ भदौ २०७५, काठमाडौं
आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) का लागि सरकारले तीव्ररुपमा तयारी गरिरहेको छ ।
काठमाडौं उपत्यकाका वानेश्वर, रत्नपार्क, तिनकुने, गौशाल, जमल, लैनचौर लगायतका सडक कालोपत्रे, रंगरोगन, भत्केका सडक मर्मतसम्भार गर्ने कार्य तीव्र बनाएको छ ।
बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायतका ७ वटा देशका राष्ट्र प्रमुख काठमाडौं आउने छन् । सरकारले पाहुनाको स्वागतका लागि काठमाडौंका विभिन्न क्षेत्रलाई सुन्दर देखाउन हतारहतारमा काम गरिरहेको छ ।

फोटो साभार : गगन अर्याल (लोकान्तर)





