प्रदीप खड्का स्टारर बहुप्रतिक्षित फिल्म ‘रोज’ को ट्रेलर सार्वजनिक



०८ भदौ २०७५, काठमाडौं

अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘रोज’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

यसअघि ‘फूल होइन’ बोलको गीत सार्वजनिक भएसँगै फिल्मको निकै चर्चा–परिचर्चा भएको थियो । गीत सार्वजनिकसँगै फिल्मको ट्रेलर समेत निकै प्रतिक्षित बनेको थियो । सार्वजनिक ट्रेलरले फिल्मको मुख्य भाव नै प्रष्ट पार्न खोजेको आभाष हुन्छ ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ । केदार भुषालको कथामा तयार भएको फिल्मको सम्पादनको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् । अर्जुन पोखरेलको संगीत रहेको ‘रोज’ मा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी तथा राजु विक्रम थापाको छायाँकन रहेको छ । उद्धव पौडेलको प्रस्तुति रहेको फिल्ममा आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ ।

नीरक पौडेल निर्देशित फिल्म भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्