
०८ भदौ २०७५, काठमाडौं
खै किन हो ? मुम्बई प्रहरीले आफ्नो ट्विटर ह्यान्डलमा एक चोरको हर्कत देखाएको छ । चोरको मनकारी क्रियाकलाप हो या सिसिटिभिको डर देखाउन पुलिसले शेयर गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो रमाइलो भिडियो हो तर यसको परिणाम गम्भीर हुनसक्ने भनी मुम्बई प्रहरीले लेखेको छ ।
The video is funny, but the consequences in reality will be quite serious! #EyeOpenersForYou pic.twitter.com/rcQqypvsqF
— Mumbai Police (@MumbaiPolice) August 20, 2018
भिडियोमा एक चोर भीडभाड भएको ठाउँमा देखिन्छ । आफूअगाडि उभिएको व्यक्तिको खल्तीमा उसले पर्स चोरिदिन्छ । चोर्दाचोर्दै उसको आँखा त्यहाँ राखिएको सीसीटीभी क्यामरामा पुग्छ र ऊ सतर्क हुन्छ । पहिला त चोर खिस्स हाँस्छ अनि क्यामरा अघि हात जोड्छ । अनि पर्स चोरिएको व्यक्तिलाई तल झरेछ भन्दै पर्स फर्काइदिन्छ ।





