पहिरोका कारण ११ घर जोखिममा, ८९ घरलाई दैनिक कार्य गर्न कठिनाई



७ भदौ २०७५, काठमाडौं

पहिरोका कारण म्याग्दीको धवलागिरी गाउँपालिका २ खोरियामा ११ घर जोखिममा परेका छन् ।

स्थानीयवासीको अनुसार खोरियाको कमेरी खोल्सामा गएको पहिरोका कारण धाराटोलका ११ घर जोखिममा र ८९ घरलाई दैनिक कार्य गर्नका साथै स्कुले विद्यार्थीहरुलाई स्कुल जानसमेत समस्या परेको छ ।

उक्त स्थानमा निरन्तर पहिरो गईरहेको भएता पनि जोखिम मोलेरै भएतापनि आवतजावत गर्नु परेकोले त्यहाँका स्थानीयवासीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको उक्त वडाका वडा अध्यक्ष गमप्रसाद विश्वकर्माले बताए ।

गाउँपालिकाको केन्द्र मुनादेखि लमसुङ जाने बाटोमा पर्ने जुगेपानीमा करिब १०० मिटर पदमार्ग पहिरोले बगाएपछि धनमाने, खोरियाका बासिन्दालाई कमेरीखोल्साको घुमाउरो बाटो हिँड्नुपर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्