भूमिहीन दलितलाई सरकारले जग्गा दिने तयारी गर्दै



७ भदौ २०७५, काठमाडौं

भूमिहीन दलितलाई सरकारले जग्गा दिने तयारी गरेको छ । भूमिहीनलाई एक पटक जग्गा दिने गरी सरकारले भुमि सम्बन्धि ऐन २०२१ संसोधन गर्न लागेको छ ।

भूमिहीनलाई एक पटक जग्गा दिने गरी सरकारले भुमि सम्बन्धि ऐन २०२१ संसोधन गर्न लागेको भएता पनि भूमिहीनलाई दिईने उक्त जग्गा घर बनाउन हो या खेतीका लागी हो त्यो बारे भने खुलाईएको छैन।

राज्यले भूमिहीन दलितलाई एकपटक जग्गा दिनुपर्ने व्यवस्था संविधानको धारा ४० को उपधारा ५ मा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्