राप्रपा महामन्त्रीमा भद्रा र कोषाध्यक्षमा पौडेल मनोनित



७ भदौ २०७५, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा रिक्त रहेको महामन्त्री र कोषाध्यक्ष पदमा मनोनित गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले भास्कर भद्रलाई महामन्त्री र उद्धव पौडेललाई कोषाध्यक्षमा मनोनित गरेका हुन् ।

राप्रपाले पार्टीको विधान अनुसार ललितपुरका भद्रालाई महामन्त्री र काठमाडौंका पौडेललाई कोषाध्यक्ष पदमा मनोनित गरेको राप्रपाका केन्द्रीय प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

राप्रपा भित्र भद्रा पुरानो नेताको रुपमा परिचित छन् भने पौडेल पुर्व कोषाध्यक्ष समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्