प्रधानमन्त्री ओलीलाई गृहजिल्ला झापामा नागरिक अभिनन्दन



७ भदौ २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई आफ्नो गृहजिल्ला झापामा नागरिक अभिनन्दन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले आयोजना गरेको उक्त कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय संघसस्थाहरुले प्रधानमन्त्री बनेपछि दोस्रो पटक आफ्नो गृहजिल्ला पुगेका ओलीलाई नागारिक अभिनन्दन गरेका हुन् ।

उक्त कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत समेतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्