आज अपराह्न संवैधानिक परिषद्को बैठक बस्दै



०७ भदौ २०७५,काठमाडौं

संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।

अपराह्न ४ बजे बस्ने बैठकले प्रधानन्यायधीस र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुत्त सिफारिस गर्ने भएको छ । यसअघि दीपकराज जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकार गरेको थियो । यसपछि संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन । अघिल्लो साता बोलाईएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका अध्यक्ष सेर बहादुर देउवा उपचारका लागि सिंगापुर जाने भएपछि बैठक स्थगित भएको थियो ।

आजको बैठकले भावी प्रधानन्यायधीसको सिफारिस गर्ने छ । भावी प्रधानन्यायधीस हुन योग्यता पुगेको न्यायधीसद्धय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्येमा आज एक जनालाई सिफारिस गरिने छ ।

यस्तै बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुखलाई पनि सिफारिस गर्ने छ । गत फाल्गुनदेखि कार्यवहाकको भरमा चलिरहेको आयोगको आयुक्तका लागि हाल कार्यवहाक आयुक्त रहेका नवीन कुमार घिमिरे, पूर्व मुख्य सचिव लिलामणि पौडेल, बरिष्ठ अधिवक्ता युवराज संग्रौला र पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्