दीपाश्रीको जन्मदिनमा एक्लै हुँदा भावुक भए दीपक : दीपाश्रीलाई जन्मदिनको शुभकामना



७ भदौ २०७५, काठमाडौं

२०३२ भदौ ७ गते मोरङमा जन्मेकी चर्चित हाँस्यकलाकार, चलचित्र निर्देशक तथा निर्माता दीपाश्री निरौलले आज आफ्नो ४२ औं जन्मदिन मनाउँदैछिन् ।  नेपाली चलचित्र क्षेत्रमा महिला भएर पनि सर्वाधिक सफल निर्देशकको छवि बनाएकी निरौलालाई जन्मदिनको शुभकामना दिनेको ओइरो बिहानैदेखि लागेको छ ।

हाल अमेरिकामा रहेकी दीपाश्रीले आफ्नो जन्मदिन उतै रहेका साथीसंगीमाझ मनाउँदैछिन् । उनी केही दिन अघि अमेरिका प्रस्थान गरेकी हुन् ।

रिल लाईफका सहयात्री कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले आफू सँगै नभएपनि दीपाश्रीको जन्मदिनमा भावुक हुँदै सामाजिक संजाल फेसबुकबाट शुभकामना दिएका छन् ।

उनले लेखेका छन्  ‘सुख र दु:ख साथीलाई जोख्ने तराजु  पनि हो, तर तिमी हरेक अवस्थामा म भन्दा वजनदार रह्यौ, सबैप्रति दयाभाव राख्ने, कसैको आँखामा आँसु देख्न नसक्ने, साथीहरूमध्येको उत्कृष्ट साथी हौ, जन्मदिनको लाखौ शुभकामना तिमीलाई’ ।

हाँस्यकलाकार हुँदै नायिका, गायिका, कार्यक्रम संचालिका अनी अहिले निर्माता निर्देशकसम्मको शसक्त भूमिकामा आफ्नो दख्खल देखाई सकेकी अविबाहिक दिपाश्रीको चर्चा पछिल्ल वर्षमा थप उचाईमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्