
०७ भदौ २०७५, काठमाडौं
काठमाडौं – बलिउड निर्देशक आनन्द एल रायले तुम्बाड फिल्मको टिजर सार्वजनिक गरेका छन् । तुम्बाड फिल्म पहिले नै भेनिस फिल्म फेस्टिभलमा छनोट भइसकेको छ । टीजर हेर्दा फिल्म रहस्य, द्वन्द्व र रोमाञ्चले भरिएको जस्तो देखिन्छ । टीजरले सिरिंग बनाउँछ ।
फिल्मका कलाकार तथा निर्माता सोहम शाहका अनुसार, फिल्ममा देखाइएको कुरा भारतीय सिनेमामा अहिलेसम्म देख्न पाइएको छैन ।





