सलमान छाडेर हृतिकसँग नजिकिईन् प्रियंका



०७ भदौ २०७५, काठमाडौं

आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी पप गायक निकसँगको इन्गेजमेन्ट गरेकी बलिउड नायिका प्रियंका केही दिन यता सामाजिक संजालमा निकै छाएकी छिन् । उनीे ईन्गेजमेन्टको कारण मात्र चर्चामा रहिनन् सलमान खानको फिल्म ’भारत’ छाडेपछि बलिउडमा झनै चर्चामा रहिन् ।

बलिडको एक मनोरञ्जनात्मक मिडिया साइटका अनुसार प्रियंकाले ‘भारत’ छोडेको भएपनि बलिउड भने त्यागेकी हैनन् उनी हृत्तिकको अपोजिटमा ‘कृष ४’ मा काम गर्न सहमत भएकी छिन् ।

सूत्रले बताएअनुसार, प्रियंका अन्तर्राष्ट्रिय कलाकार भइसकेकाले राकेश रोशनलाई अब उनी बलिउड फिल्ममा नखेल्लिन् भन्ने लागेको थियो तर प्रियंकासँग उनको पुरानो मित्रता भएका कारण प्रियंकाले फिल्म खेल्न सहमति जनाएकी हुन् ।

समाचार स्रोतका अनुसार ’कृष ४’ को शूटिङ अर्काे वर्षबाट शुरु हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्