
०६ भदौ २०७५, काठमाडौं
सिन्धुलीको दुधौली नगरपालिकाले स्थानीय जनताको चाहना बमोजिम १७ प्रकारका सेवाहरु नि:शुल्क रुपमा प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम राउतले परिवर्तन खबरलाई जानकारी गराए ।
नि:शुल्क पाईने १७ सेवाहरु :
१. व्यक्तिगत घटना दर्ता
२. स्वास्थ्य उपचार सिफारिस
३. दैवी प्रकोप सिफारिस
४. छात्रवृत्ति सिफारिस
५. विपन्नता सिफारिस
६. भुकम्प प्रभावितको नक्सा पास दस्तुर
७. स्वास्थ्य सेवा संचालन अनुमति
८. योजनाहरुको सम्झौता
९. विद्यालयको वैंक खाता संचालन सिफारिस
१०. विद्यालयमा कर्मचारी र शिक्षक अस्थायी र करार पदपूर्ति अनुमति
११. विद्यालयको नामाकरण
१२. अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण
१३. झगडियाविचको मेलमिलाप
१४. जेष्ठ नागरिक, अपाङ्ग परिचयपत्र वितरण
१५. आर्थिक अवस्था कमजोर भएको सिफारिस
१६. सामाजिक सुरक्षा भत्ता परिचय पत्र
१७. संरक्षक प्रमाणित गर्ने, संस्थागत तथा व्यक्तिगत






