सांंस्कृतिक कार्यक्रमका लागि दुबई उडे अशोक, साथमा छैनन् टंक बुढाथोकी



०६ भदौ २०७५, काठमाडौँदिनप्रतिदिन युट्युबमा भाईरल बन्दै गएका बाल गायक अशोक दर्जीलाई संगीतकार टंक बुढाथोकीसँग गाएको मन बिनाको धन ठूलो की धन किनाको मन गीतले चर्चाको शिखरमा पुर्याएको थियो । त्यहि गीतबाट उनी सबैको मनमा बस्न सफल भएका थिए । सबैको लोकप्रिय अशोक नेपालमा मात्र नभएर विदेशमा पनि निकै परिचित भएका छन् । उनलाई विदेशबाट कार्यक्रमका लागि यति माग आएको छ कि उनलाई भ्याइनभ्याइ छ ।यस्तैमा अस्तिमात्र नयाँ घरमा प्रवेश गरेका अशोक आफ्नो नयाँ घरमा १ रात बिताउन नपाउँदै आज सांस्कृतिक कार्यक्रमका लागि डिजे रुपकसँग दुबई उडेका छन् । तर यसपाली अशोकसँग उनको सदा हात थामीरहने र अशोकलाई नयाँ जीवन दिने टंक बुढाथोकी भने गएनन् । सधैंभरि अशोकको हात थाम्ने टंकले यसपाली किन अशोकलाई एक्लै दुबई पठाए भनेर सबैले प्रश्न गरिरहँदा टंकले सामाजिक सञ्जाल मार्फत यसको जवाफ दिएका छन् ।टंकले आज दिउँसो आफ्नो स्वदेशकै एक कार्यक्रममा जानु परेकाले अशोकसँग दुबई जान नसकेको र आफ्नो सट्टा डिजे रुपकलाई अशोकसँग पठाइदिएको बताए । साथै जुन कार्यक्रमको लागि अशोक दुबई गएका हुन्, सोही कार्यक्रममा आफू पनि आफ्ना छोरा ए.आर बुढाथोकीसँग उपस्थित हुने टंकले बताए । टंक आज बेलुका ९ : ३० बजेको फ्लाईटमा दुबई उड्दैछन् । अशोक, टंक र ए.आर सँगै भएको यो पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम भएकाले पनि दुबईका दर्शक अशोक, टंक र ए.आरको प्रस्तुती हेर्न निकै उत्साहित छन्  ।

प्रतिक्रिया दिनुहोस्