तत्कालीन कामु प्रधानन्यायधीस जोशी सर्वोच्चमा फर्किने चर्चा



०६ भदौ २०७५, काठमाडौं

संसदबाट प्रधानन्यायधीसमा अस्वीकृत भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर १५ दिनको विदामा बसेका तत्कालीन कायममुकायम प्रधानन्यायधीस दीपकराज जोशीले सोमबार फेरी भैपरी विदा ६ दिन थप गरेका छन् ।

१३ दिनको विदा पाउनेमा जोशीले राष्ट्रपतिसमक्ष ६ दिनको विदा थप गरेर हालको कायममुकायम प्रधानन्यायधीस पनि आफै रहेको सन्देश दिएका छन् । यसपछि अदालतका उच्च अधिकारी अप्ठेरोमा परेका छन् । उनीहरुले वरिष्ठमत न्यायधीसहरुसँग अदालत फर्केका खण्डमा आईपर्ने समस्याका बारेमा अनौपचारिक परामर्श समेत गरेका छन् । उनले ६ दिनको विदापछि आफ्नो कार्यालय गएर आफु कायममुकायम प्रधानन्यायधीसकै पदमा रहि काम गर्ने सन्देश प्रवाह गरेका छन् ।

जबकी, अदालतले कायममुकायम प्रधानन्यायधीसका रुपमा ओमप्रकाश मिश्रलाई मानिसकेको छ । भदौ १ गते मुलुकी ऐन प्रतिस्थापन गर्ने कानूनहरु लागु भएको दिन जोशीले कायममुकायम प्रधानन्यायधीसकै हैसियतमा जारी गरेका विज्ञप्ती विवादमा परेको बेलामा उनी अदालत फर्किदाँ आईपर्ने समस्याका बारेमा सर्वोच्चले न्यायधीसहरुसँग परामर्श गरेको हो ।

प्रतिक्रिया दिनुहोस्