२१ बर्षीय दलित युवकसँग बिवाह गर्ने मिना ढकालको तयारी (भिडियो सहित)



०६ भदौ २०७५, काठमाडौं

चर्चित हाँस्यकलाकार मनोज गजुरेलसँग डिभोर्स भएपछि सामाजिक संजालमा आक्रामक रुपमा छाएकी सेलिब्रटी हुन् गजुरेल पूर्वपत्नी मिना ढकाल । सायद अहिले उनलाई नचिन्ने कमै होलान् । उनलाई माया गर्ने र गाली गर्नेको जमात बराबरिनै छ भन्दा फरक नपर्ला ।

बुुटिक व्यवसाय संचालन गर्दै आएकी मिना ढकाल डिभोर्स पछी निक्कै चर्चामा आएकी हुन् । उनले आफ्नै शब्द तथा स्वरमा गीतहरु सार्वजनिक गरिसकेकी छिन् । हाल उनी चलचित्र निर्माणको तयारीमा रहेको समेत खुलाएकी छिन् । गीतसंगीतलाई माया गर्न रुचाउने मिनालाई पछिल्लो समय प्रेम प्रस्ताव गर्नेको लर्को नै छ, उनले केही अन्तर्वार्ताहरुमा आफूलाई बुझ्ने र मन मिल्ने भए निकट भविष्यमा विवाह गर्न चाहेको कुरा खुलाएकी थिईन् ।

हाल एक दलित युवकको प्रेममा रहेको बताउने मिनाले उमेर बढी भएकै कारण मनोजसंग सम्बन्ध बिच्छेद हुन पुगेको समेत सुनाईन । चाँडै नै २१ बर्षीय दलित युवकसँग बिवाह गर्ने मिनाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्