प्रधानमन्त्री ओलीले गरे घरघरमा ग्यासको उद्घाटन



०५ भदौ २०७५, बिराटनगर

२०७२ मा संबिधान जारी भएपश्चात भारतले गरेको अघोषित नाकाबन्दीका समयमा खुल्ला मञ्चबाट घरघरमा ग्याँस पुर्याउने सपना देखाएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आज औपचारिक रुपमा पाईप मार्फत पुर्याईएको ग्याँँस उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रदेश १ को अस्थाई मुकाम बिराटनगरमा निर्माण भएको बायो ग्याँसको उद्घाटन गरेका हुन्  ।

बिराटनगर महानगरपालिका १४ मा रहेको श्रीकृष्ण गौशालाले झन्डै डेढ बर्ष अगाडीबाट निमार्ण सुरु गरेको बायोग्यास केही समय अगाडीबाट परीक्षण थालिएको थियो । ४ सय मिटर पाईप बिछ्याएर हाल ३२ घरलाई ग्याँस बितरण गरिएको छ । औपचारीक रुपमा आज ओलीले ग्याँसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकासको दिशामा अगाडी बढेको बताए । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोगमा गौशालाले ८४ लाखमा ग्यास उत्पादन गरेको हो ।

उक्त ग्यास पहिलो चरणमा स्थानीयका ३२ घरमा जडान गरिएको छ । उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्नेछ । यो एलपी ग्यास भन्दा सस्तो हुन्छ । हाल एलपी ग्यास प्रयोगकर्ताले सरदर ९० रुपैयाँ प्रतिकिलो ग्यास प्रयोग गरिरहेका छन् ।

उद्घाटन कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डीतको समेत उपस्थीती रहेको थियो । उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री ओलीको सपना साकार भएको बताउँदै सपना देखेपछि पुरा हुन्छ भन्ने प्रमाणीत भएको बताए । प्रदेश न १ का प्रमुख प्राडा गोविन्द बहादुर तुम्हाङ, मुख्यमन्त्री शेरधन राई लगायतको सहभागितामा उद्घाटन भएको
थियो ।

प्रतिक्रिया दिनुहोस्