प्रदेश १ मा भोली सार्वजनिक बिदा



०५ भदौ २०७५

प्रदेश १ सरकारले बुधवार प्रदेश भर बिदा दिने भएको छ । मुस्लिम धर्मालम्वीहरुको महान् चाड बकर इदको अवसरमा प्रदेश १ सरकाले प्रदेशभर बिदा दिने निणर्य गरेको हो । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बुधवार बिदा दिने निर्णय गरेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।

संघीय सरकारले बिदा समायोजन गर्दा इदको बिदा कटौती गरेको थियो । उक्त दिन बिदा पर्ने मुस्लिम समुदायले माग गर्दै आएका थिए । उनीहरुको मागलाई मध्यनजर गर्दै प्रदेश सरकारले बकर इदमा बिदा दिने निर्णय गरेको सरकारले बताएको छ ।

यसअघि अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले साउन २४ मा पनि बिदा दिएको थियो । तर उक्त बिदा स्थानीय तह बाहेकका अन्य संस्थाले भने मानेका थिएनन् । यसलाई धेरै ब्यक्तीले संघीयताको कालो बाटो बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्