ड्रिम गर्लको फूल टिपेर बोलको गीत रिलिज



०५ भदौ २०७५, काठमाडौँ

चलचित्रको प्रदर्शन मिति नजिकिदैँ गर्दा चलचित्र ड्रिम गलको नयाँ फूल टिपेर बोलको गीत सार्वजनिक गरिएको छ । रिषि राज आचार्यको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको आवाज रहेको छ ।

अर्जुन शर्मा, रमेश धिताल र रिषि राज आचार्यको संयुक्त रुपमा निर्माण रहेको चलचित्रलाई रिषि राज आचार्यले निर्देशन गरेका हुन् । चलचित्र ड्रिम गलमा अहिलेका चर्चित नायक आकाश श्रेष्ठ, विल्सन विक्रम राई, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मला शर्मा, सुरबिर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी, तुलसी श्रेष्ठ, रुपा सुवेदि, सुशिल पोखरेल, रश्मी भट्ट, कोपिला थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ड्रिम गल असोज १९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्