जनताले धान्न सक्ने कर लगाउनुपर्छ : प्रधानमन्त्री ओली



०५ भदौ २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउन पाउने अधिकार भएपनि जनताले धान्न सक्ने गरि कर लगाउनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाईएको कर संसारकै सस्तो भएको बताएका छन् ।

साथै उनले राजस्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रममा नपार्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्