
०५ भदौ २०७५, काठमाडौँ
नेपाली चलचित्र क्षेत्रमा अत्यन्तै सफल र होनमार मानिने अभिनेत्री रेखा थापाको आज जन्मदिन रहेको छ । उनी आज बाट ३७ बर्षकी भइन् ।
३७ बर्षको जीवनसम्म आईपुग्दा नायिका थापाले जीन्दगीमा निकै संघर्ष गरेकी छिन् । कुनै समयमा रेखाको नाम नै चलचित्र चल्न काफी थियो । उनले खेलेका चलचित्रहरु बक्सअफिसमा कमैमात्र असफल हुन्थे । रेखा अहिले पहिले जस्तो चलचित्रमा धेरै दखिन्नन् । तर पनि आलोचनाले होस् वा प्रशंशाले रेखा चर्चामा भने अहिले पनि उत्तिकै छिन् ।
चलचित्र हिरो बाट नेपाली रजतपटमा पाईला चालेकी रेखाले अहिलेसम्म २०० भन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन् । पछिल्लो समयमा उनका केहि चलचित्रहरु असफल हुँदै आएपनि रेखाले धेरै सफल चलचित्रहरु दर्शकमाझ पस्किएकी छिन् । अभिनयमा निकै माहिर मानिने रेखालाई नेपाली फिल्म क्षेत्रको नायिका मात्र नभएर एउटा नायकको रुपमा पनि हेर्ने गरिन्छ । किनकी रेखा एक्सन चलचित्रमा पनि नायक जत्तिकै अब्बल छिन् । निकै राम्रो र जस्तो पनि अभिनय गर्न सक्ने खुबीका कारण सबैको मनमा बस्न सफल रेखा नायिका मात्र नभएर निर्माता, निर्देशक र समाजसेवी पनि हुन् ।
कलिलो उमेरमा नेपाली चलचित्र क्षेत्रमा आएकी रेखाले नेपाली चलचित्र क्षेत्रमा ठूलो योगदान दिएकी छिन् । उनको आज ३७ औँ जन्मदिनको उपलक्ष्यमा उनलाई जन्मदिनको शभकामना दिने मानिसहरु अत्यन्तै छन् । विभिन्न सामाजिक सञ्जालका माध्यमबाट उनका प्mयानहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।





