वडाध्यक्षले बनाए कृत्रिम झरना



०५ भदौ २०७५, तेह्रथुम

आजभोली प्रदेश १ का सबै स्थानीय तह दायित्व थपिएको नाममा कर बढाउन तल्लीन देखिएका छन् । जनप्रतिनीधिले देखाएको दायित्व हो निर्बाचित जनप्रतिनिधीको तलव तथा भत्ता तर प्रदेश १ मै कुनै यस्ता पनि जनप्रतिनीधी छन् जो आफुले पाउने तलब तथा भत्ताले बिकास निमार्णका कार्य गरिरहेका छन् । साँच्चै जनताको असली सेवक लाग्ने जनप्रतिनीधी तेह्रथुमका एक वडाले पाएको छ । तेह्रथुमको आठराई गाउँपालिका–२ का वडाध्यक्ष दीलकुमार पाहिमले आफुले पाएको सेवा सुबिधाबाट कृतिम झरना बनाएका छन् । स्थानीयवासीले १५ वर्ष अघिदेखि झरना निर्माण गर्न चाहना राखे पनि बजेट अभावले झरनाको निर्माण हुन सकेको थिएन । तर वडाध्यक्ष पाहिमले आफ्नै तलब भत्ताको रकम लगानीमा झरना बनाइदिएका हुन् । मयायक भीरबाट नजिकै रहेको साफेवा खोलाको पानी प्रयोग गरेर झरना बनाइएको छ ।

खाम्लालुङको हाङपाङ–बाझोगरा सडक खण्डले छोएको यो झरना म्याङलुङबाट ५२ किलो मिटर र पाँचथरको फिदिमबाट ४३ किलो मिटरको दूरीमा रहेको छ । यहाँका स्थानीयवासीहरु समेत पर्यटन व्यवसायमा लाग्न उत्साहित छन् ।

बृद्ध चौतारी निर्माण
म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो । बजारको बीच भागमा रहेको रेडक्रस चोक नजिकै रु सात लाखको लागतमा निर्माण गरिएको सो चौतारीले बजार क्षेत्रमा रहेका तथा गाउँबाट बजार आउने वृद्धवृद्धाका लागि जमघट र भलाकुसारी गर्न सहज भएको ज्येष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष केदार ढुङ्गानाले बताए ।

चौतारीले वृद्धवृद्धाबीचमा आपसी प्रेम र सद्भाव वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्