प्रदेशको नाम लिम्बुवान नभए युद्ध हुन्छ : लिङ्देन



०५ भदौ २०७५, इटहरी

संघीय लोकतान्त्रीक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनले प्रदेश नम्वर २ को नामकरण नगरी प्रदेश नम्वर १ को गरिए युद्ध हुने चेतावनी दिएका छन् ।

लिम्वुवान मार्चपासका क्रममा सुनसरीको इटहरीमा आयोजित कोणसभालाई सम्वोधन गर्दै लिङदेनले प्रदेश नम्वर २ को नामाकरण नगरी प्रदेश नम्वर १ को गरे युद्ध हुने चेतावनी दिएका हुन । उनले लिम्वुवान किराँत र खुम्वान हँुदैन भने जवरजस्ती प्रदेश नम्वर १ को नामाकरण कोशी र सगरमाथा पनि हुदैन । जबरजस्ती नियम लगाए युद्ध हुने उनको भनाई रहेको छ ।

लामो समयदेखि लिम्वुवान, किराँत खुम्वुवानका पक्षमा वकालत गर्दै आएका लिङदेनले आदिवासी दिवसका अवसरमा प्रदेश नम्वर १ सरकारले दिएको सार्वजनिक विदा नमान्ने १४ वटै जिल्लाका सिडियोहरुलाई कारवाही गर्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।  प्रदेश सरकारले दिएको विदा सिडियोले नमान्नु भनेको संघीयताको इतिहासमा कालो दिन भएको भन्दै अध्यक्ष लिङ्देनले भने ‘कि १४ वटै जिल्लाका सिडियोहरुको खारेजी गर नत्र मुख्य मन्त्री राजिनामा दे ।’

 

प्रतिक्रिया दिनुहोस्