पत्रकार महासंघ सरकारविरुद्ध आन्दोलित, प्रेस स्वतन्त्रतामाथि अंकुश लागेको ठहर



०५ भदौ २०७५, काठमाडौं

१ भदौबाट देशमा आएको मुलुकी अपराध संहिताका केहि प्रावधानले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको  छ । मुलुकी अपराध संहिता र देवानी संहिताका सय भन्दा धेरै प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुंठित गरेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

यसको विरुद्धमा महासंघले २२ भदौसम्म चरणबद्ध आन्दोलनको तयारी गरेको जनाईएको छ । महासंघले प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध सञ्चार अभियान चलाउने देखि संघिय संसदको कार्यालय अगाडि सांकेतिक विरोध जनाउने सम्मको आन्दालेनको कार्यतालिका तय गरेको छ । आन्दोलन कार्यतालिकामा १२ भदौसम्म केन्द्र प्रदेश समिति र जिल्ला शाखामा संहिताका बूँदामाथि संशोधनका लागि महासंघका पूर्व सभापति, पूर्वअध्यक्ष, सम्पादक, मिडिया सञ्चालक तथा पत्रकारिता पेशासँग सम्बन्धित विभिन्न संघ संगठन, एशोसिएसन तथा बार एशोसिएसनहरुसँग बृहत छलफल गर्ने र सञ्चार अभियान चलाउने, १४ भदौमा छलफबाट प्राप्त सुझावका आधारमा मुलुकी संहितामा देखिएका असहमतिका बूँदाहको टिपोट गर्ने कार्यतालिका रहेको छ।

त्यसैगरि १६ भदौमा सबै प्रदेशमा मुलुकी संहिताका असहमतिका बूँदाहरुमाथि बृहत प्रदेशस्तरीय अन्तरक्रिया गर्ने, २० भदौमा सबै तहमा ज्ञापनपत्र बुझाउने, २१ भदौमा संघिय संसदमा रहेको सबै प्रतिनिधि तथा राजनीतिक दलहरुको ध्यानाकर्षण गराउने तथा २२ भदौमा संघिय संसद भवन अगाडि सञ्चार साधनसहित सांकेतिक विरोध जनाउने कार्यतालिका रहेको छ।

सो कार्यतालिका अनुरुप महासंघ आन्दोलमा उत्रिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्