एकता नटुङ्गिएपछि सर्यो नेकपा स्थायी समितिको बैठक



०५ भदौ २०७५, काठमाडौं

तोकिएको समयमा प्रदेश तथा जिल्लामा एकता नहुने भएपछि नेकपा स्थायी समितिको बैठक सारिएको छ ।

सोमबार साँझ बसेको केन्द्रीय सचिवालयको बैठकले स्थायी समितिको बैठक सार्ने निर्णय गरेको हो । यसअघि जन वर्गीय संगठन, विभाग तथा मोर्चा आदिको एकताको लागि ९–१० भदौमा बोलाईएको बैठक अब १९–२० भदौका लागि सारिएको छ ।

प्रवक्ता नारायनकाजी श्रेष्ठका अनुसार एकताका लागि गठित प्रदेशस्तरीय कार्यदलले समेत प्रतिवेदन बुझाएका छैनन् । बाँकी प्रदेशस्तरीय कार्यदलहरुले एकता सहितको प्रतिवेदन बुझाएपनि प्रदेश नं. १ र २ मा यसको मोडालिटि नै तयार भईसकेको छैन । प्रतिवेदन बुुझाएका कार्यदलले पनि जिल्लाहरुको एकता प्रक्रिया अझै टुङ्ग्याउन सकेका छैनन् उनले भने । सोमबारको निर्णय अनुसार प्रदेश र जिल्ला तहमा ७ भदौ सम्ममा एकता टुङ्ग्याई सक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्