गायक सौगात सागर ‘युवती काण्ड’मा पक्राउ



०५ भदौ २०७५, काठमाडौं

गुल्मी– चर्चित गायक सौगात सागर (सुनार) फक्राउ परेका छन् । उनलाई एक युवतीले साइवर क्राइम अपराधविरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाडौं टेकुमा दिए पछि इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

‘टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उनलाई फोन गर्यौं’–वुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–‘उहाँ सजिलै आउनु भयो र हामीले अपराध महाशाखा पठाएका छौं ।’
उनी रुपन्देहीमा एक संगीत कम्पनी खोलेर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्