
अमेरिकी सिनेमा अर्थात् चर्चित अभिनेता रिचर्ड गेरे (Richard Gere) पछिल्लो समय निकै चर्चामा छन्। हालै उनीबारे एक रोचक खबर बाहिरिएको छ। खबरअनुसार ६८ वर्षीय रिचर्ड छिट्टै पिता बन्दैछन्।
मिडियामा सार्वजनिक भएको खबरअनुसार रिचर्डकी ३५ वर्षीय श्रीमती एलेजन्द्रा सिल्वा (Alejandra Silva) गर्भवती छिन्। एलेजेंड्रा गर्भवती भएको खबर एबिसी पत्रिकाले छापेको छ। रिचर्ड गेरेले यसै वर्षको अप्रिल महिनामा एलेजन्द्रा सिल्वासंग विवाह गरेका थिए।
रिचर्ड र एलेजन्द्रा २०१५ सालदेखि एक-अर्कालाई डेट गरिरहेका थिए। रिचर्ड ४० अमेरिकी सिनेमामा सक्रिय छन्। उनले ‘प्रीटी व्होमन’ र ‘अनफेथफुल’ जस्ता चर्चित फिल्महरुमा काम गरेका छन्। यति मात्र नभई रिचर्ड गेरेलाई १९९९ मा संसारको सबैभन्दा सेक्सी पुरुषको टाइटल मिलिसकेको छ।
२००७ सालमा रिचर्ड भारतीय मिडियामा निकै चर्चामा थिए जब एड्सको जागरूकताको लागि अभियान गर्ने समयमा उनले भरिएको मंचमा हजारौ दर्शकहरुको अगाडी भारतीय चर्चित अभिनेत्री शिल्पा शेट्टीको गालामा किस गरेका थिए। एजेन्सी





