बलिउडमा प्रियंका चोपडाको करियर धरापमा : आत्मसमर्पण गर्नु बाहेक अरु छैन विकल्प !



०५ भदौ २०७५, काठमाडौं

बैवाहिक सम्बन्धमा बाधिन लागेकी अभिनेत्री प्रियंका चोपडाको जीवन धरापमा परेको छ । उनले विवाहको चर्चा चलिरहँदा हलिउडको ठूलो फिल्म पाएपछि सलमान खानसँग फिल्म भारत खेल्न अस्वीकार गरिन् ।

लगत्तै संजय लीला भंसालीको अर्को फिल्मका विषयमा भइरहेको कुरा पनि बीचैमा छोडिन् । यसपछि बलिउडका निर्माता निर्देशकले पनि उनलाई विश्वास गर्न छाडेको खबर छ । यही बीचमा प्रियंकाको करिअरमा संकट आयो । उनले भर्खरै साइन गरेको हलिउड फिल्म बीचमै रोकिएको छ । उनले यसअघि गरेको हलिउड शो क्वांटिको पनि बन्द भएको छ ।

हलिउडका सबै काम बन्द भएपछि अब प्रियंकासँग बलिउड फर्किनुको विकल्प छैन । तर, उनको व्यवहारका कारण बलिउडका निर्माता निर्देशकले भने उनलाई विश्वास गर्न सकिरहेका छैनन् । उनीहरुमा एउटै शंका छ कि हलिउडमा मौका पाए प्रियंकाले बीचमै काम छोड्न सक्छिन् । यही कारण प्रियंकाले आफ्नो बलिउड करिअर जोगाउन आत्मसमर्पण गरेकी छिन् । उनले बलिउडका निर्माता निर्देशकलाई आफू जस्तोसुकै हलिउड फिल्ममा अफर पाए पनि नजाने भन्दै विश्वास दिलाउन लागिपरेकी छिन् । हुन त प्रियंकालाई लिएर दुई बलिउड फिल्मको चर्चा छ । पहिलो शाहरुख खानको साथमा ‘सेल्युट’ र दोस्रो हिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना २’ । तर यी फिल्मको विषयमा चर्चा मात्र छ र कुनै कुरा फाइनल भएको छैन ।

अहिले प्रियंकाले सेल्युटका लागि निर्माता सिद्धार्थ रोय कपुरसँग निरन्तर कुरा गरिरहेकी छिन् । प्रियंकाले सिद्धार्थलाई फकाउन केही बाँकी राखेकी छैनन् किनकि यो रोलको लागि करिना कपुर खान पनि प्रतिस्पर्धामा छिन् र यो प्रियंकाको लागि ठूलो खतरा हो । खबरअनुसार प्रियंकाले सिद्धार्थलाई विश्वास दिलाएकी छिन् कि उनी बीचमा छोडेर बलिउड जाने छैनन् । दोस्ताना पनि प्रियंकालाई ‘देसी गर्ल’को पहिचान दिलाउने फिल्म भएकोले उनी यो फिल्म पनि छोड्न चाहन्नन् ।

प्रतिक्रिया दिनुहोस्