
०५ भदौ २०७५, काठमाडौं
गायिका ज्योति मगर तीज पर्वलाई लिएर निकै उत्साहित हुने गर्दछिन् । ब्रत बस्ने भन्दा पनि दर कार्यक्रमहरुमा जानु उनलाई रमाईलो लाग्छ । तीजको लागि उनले अर्की गायिका भुमिका गिरीसँग मिलेर बिकृती नामक गीत पनि बजारमा ल्याएकी छिन् । जुन निकै चर्चित बनिरहेको छ । ज्योती र भुमिका एक अर्कालाई दीदी बहिनी सम्बोधन गर्दछन् ।
यसैबिच एक अन्तरवार्तामा गायिका ज्योति र भुमिकाले आफ्ना भित्री रहस्यहरु खोलेका छन् । ज्योतिले तीजको दरमा साथीहरुसँग बसेर रक्सी खाने खुलाएकी छिन् । ज्योतिको लभ सम्बन्धको बारेमा भुमिकाले मुख खोलेकी छिन् ।
समय समयमा बिभिन्न कारणले बिवाद र चर्चामा आउने ज्योति निकै राम्रो कमेडी पनि गर्दछिन् । गीतको छायाँकनका क्रममा भएको निकै नै रमाईला क्षणहरु सम्झदै ज्योतिले आफु छायांकनमा समयमा पुगेको तर भुमिकाले ढिलो गरेको खुलाईन् ।





