
०४ भदौ २०७५, गुल्मी
कुनै कमेडी फिल्म जस्तो लाग्ने छिमेकी जिल्ला बागलुङमा खानेपानी योजना उद्घाटनको एउटा दृश्य हेर्दै मानिसहरु यति बेला पेट मिचिमिची हाँसिरहेका छन् । करीब रु १२ लाखको लागतमा सम्पन्न भनिएको उक्त योजनाको खानीपानी पाईप सुकेको बाँसमा प्लाष्टिकको डोरीले बाँधेर अडाईएको छ ।
धाराको अवस्था हेर्दा हाँस उठ्दो भएपनि गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा एवं बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले संयुक्त रुपमा धाराबाट पानी खोलेर उक्त धारोको उद्घाटन गरेका छन् ।
बाग्लुङ्ग नगरपालिकाको रु ५ लाख ५७ हजार र वडा नं ७ ढिकीचौरबासीको सहयोगमा बनेको उक्त धारो उद्घाटनकै क्रममा ढलेर नेता गण नै घाईते हुने हुनकी जस्तो अवस्थामा छन । राजनैतिक जस लिनका लागि हतार हा्तार उद्घाटन गर्न थालिए जस्तो देखिन्छ ।
अव तपाईहरु आफैं भन्नुस् देशले विकासमा कतिको फड्को मारेछ ?





