बहुप्रतिक्षित चलचित्र चङ्गा चेटको गोजीमा दाम छैन बोलको गीत सार्वजनिक



०४ भदौ २०७५, काठमाडौँ

पछिल्लो समयमा निकै चर्चा बटुलिरहेको प्रतिक्षित चलचित्र चङ्गा चेटको गोजीमा दाम छैन बोलको गीत सार्वजनिक भएको छ ।

हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको गीतमा राजनराज शिवाकोटी, मेलिना राई र ग्रीष्मा शिवाकोटीको आवाज सुन्न सकिन्छ । निकै रमाइलो शैलीमा गाईएको गीतका छायांकार नवराज उप्रती हुन् भने गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । माधव वाग्ले र सर्मिला पाण्डेको संयुक्त रुपमा निर्माण रहेको चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।

चलचित्र चङ्गा चेटमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, परमिता राणा, रबिन्द्र झा, शिशिर बाङदेल, सुरक्षा पन्त, सरिता गिरी, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र चङ्गा चैट आउँदो कार्तिक १६ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्