चलचित्र मालिकाको सर सर बोलको गीत सार्वजनिक (भिडियो सहित)



०४ भदौ २०७५, काठमाडौँ

कुनै समयकी निकै व्यस्त तथा चर्चित नायिका रेखा थापाले पछिल्लो समयमा निर्माण गरेको चलचित्र मालिकाको सर सर बोलको शीर्ष गीत सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा आस्था राउतको स्वर रहेको छ ।

सार्वजनिक गीतमा एक किशोरीको जीवनको दुई पाटोलाई देखाउन खोजिएको छ । चलचित्रमा रेखा थापा र कमला वलीको मुख्य भूमिका रहेको छ । चलचित्र मालिका लक्ष्मीपूजाको अवसरमा कार्तिक २१ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्