८ बर्षका थिए निक, जतिबेला प्रियंकाले मिस वर्ल्डको ताज पाएकी थिइन्



४ भदौ २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडाको अमेरिकी पप गायक निकसँगको इन्गेजमेन्टले अहिले बलिउड फिल्म इण्डष्ट्री खुब तातिएको छ । अझ यसमा रमाइलो कुरा त के छ भने प्रियंका आफूभन्दा ११ बर्ष कान्छा निकसँग वैवाहिक सम्बन्धमा बाँधिदै छिन् ।

निकै चर्चित र महंगी अभिनेत्री र अमेरिकन फेमस गायक निक केही समयदेखि एकअर्काको पे्रममा थिए । तर अब यो प्रेम चाँडै नै विवाहमा परिणत हुने भएको छ । हालै मात्र सामाजिक सञ्जालमा निक र प्रियंकाको एक फोटो भाइरल भएको छ । जुन फोटोले अहिले सबैलाई चकित तुल्याएको छ । सार्वजनिक फोटोमा प्रियंका आफ्नो मिस वर्ल्ड हुदाँको गेटअपमा देखिएका छन् भने निक स्कुल जाने विद्यार्थीको गेटअपमा देखिएका छन् । प्रियंका मिस वर्ल्ड हुदाँ निक मात्र ८ बर्षका थिए ।

त्यति साना निक अब प्रियंकाको श्रीमान बन्ने भएका छन् । यो साच्चै नै दर्शकका लागि निकै अचम्मको कुरा बनेको छ । इन्गेजमेन्ट पछि निक र प्रियंकालाई बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ र उनीहरु छिट्टै नै विवाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्