अमेरिकी नागरिकले नेपालका नेताहरुलाई टुँडीखेलमा राखेर नाँकको डाँडी भाँचिदिन्छु भन्न पाउँछ ? (भिडियो सहित)



०४ भदौं २०७५, काठमाडौं

कानूनका विविध पक्षहरुलाई लिएर सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा चर्काे आलोचना भईरहँदा भदौ १ गतेबाट नयाँ कानून लागू भएको छ । नेपाली पत्रकारिता जगतलाई नयाँ कानूनले के कस्ता असर गर्लान भन्ने विषयमा प्रेस काउन्सील नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रवि लामिछानेलाई नेपाली भएर नेपालीलाई माया गरेर मर्यादित पत्रकारिता गर्नुस भन्दा तिमीहरु, दुई पैसे, दुई चार सय पत्रिका छापेर फूर्तिफार्ति गर्ने म देखाईनिन्छु, मैले धरै चरणमा छानविन गरेको छु, तिमीहरुको सम्पति कति छ भनेर, तिमीहरुले कहाँ कहाँ के–के गरेका छौं क–कस्को ज्यान मारेका छौ, क–कस्लाई ब्ल्याकमेल गरेका छौं भनेर फेसबुकमा लेख्न सुरु गरेका थिए ।

संस्थाको प्रमुख अध्यक्ष तथा न्यूज चिफ लगायतलाई काउन्सिलले तीन चोटी चिठी काटेर बोलाउँदा समेत नआएर अझ काउन्सिललाई नै म आउँदिन र कुनै पनि पत्रको जवाफ दिन्न बरु जुत्ता पालिस गरेर बस्छु भनी काउन्सिललाई रवि लामिछानेले धम्क्याएको आरोप श्रेष्ठले लगाए ।

कार्यावहाक अध्यक्ष किशोर श्रेष्ठले रवि लामिछानेलाई अमेरिका जस्तो देशमा बसेको मान्छेले दिने प्रजातन्त्र र प्रेस स्वतन्त्रता सिकेका यही हो भनी प्रश्न गरेका छन् । रवि लामिछानेले आउँदो दिनमा पनि अदालतले फैसला सुनाउन वा पुलिसले बोलाउँदा पनि यस्तो भन्न मिल्छ ? साथै उनले न्यूज २४ को लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगलाई पनि कल गर्दा कल रिसिभ नहुने, आफूले छानेको नम्बर बाटै आफैं कल गरेर सम्पर्क गर्ने काम हुन्छ भनेका छन् । त्यसकार सिधाकुरा जनतासँग पनि निश्पक्ष नरहेको उनको भनाई छ ।

अध्यक्ष श्रेष्ठले नेपाली पत्रकारितामा ‘क्वालिटी’ को पत्रकारिता नहुनुमा राज्य पनि दोषी भएको बताएका छन् । क्वालिटीको पत्रकारितालाई पालना गर्न गराउन अब काउन्सिलले नयाँ नियम ल्याउने भएको छ । उनले भने, ‘अब पत्रकारिता पढाउने कलेजहरुसँग हामी समन्वय र सहकार्य गर्छौं ।

अन्त्यमा श्रेष्ठले ‘घुमाएर टुडिखेलमा राखेर, उफ्रेर नाकको डाँडी खुस्किने गरी भन्ने पत्रकारिताको भाषामा पर्छ ? यसरी जनताको पिडा सम्बोधन गरिन्छ भनी लामिछानेलाई प्रश्न गरेका छन् ?

प्रतिक्रिया दिनुहोस्