बलिउड नायिका प्रियंकाले यसरी मनाइन् टीकाटालोको खुशी (भिडियो सहित)



०३ भदौ २०७५, काठमाडौं

बलिउड नायिका प्रियंका चोपडा र निक जोनसले आधिकारीक रुपमा आफ्नो सम्बन्ध स्वीकारीसकेका छन् । शनिवार राती उनीहरुले टीकाटालोको पार्टी दिएका छन् ।

पार्टीमा प्रियंका र निक दुवैको पहिरन लोभलाग्दो थियो भने पार्टीपश्चात सामाजिक सञ्जालमा उनीहरूले खुलेर आफ्नो प्रेम अभिव्यक्त गरेका छन् । पार्टीका तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भए लगत्तै प्रशंसकहरूले उनीहरूलाई बधाई दिइरहेका छन् ।

टीकाटालोमा प्रियंका र निकका परिवारको निकट सदस्यहरू संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्