मह जोडीको दाल, भात, तरकारीमा प्रियंका आइटम गीतमा मात्र सिमित



०३ भदौ २०७५, काठमाडौँ

नायिका प्रियंका कार्की सर्वाधिक सफल र व्यस्त नायिका हुन् । उनको हातमा यति धेरै चलचित्रहरु छन् की उनलाई गर्न भ्याइनभ्याइ छ । यस्तैमा हालै मात्र उनले मह जोडीको दाल, भात, तरकारीमा पनि साइन गरेकी छिन् ।

राम्रो अभिनय गरे चलचित्रमा ५ मिनेटको मात्र रोल भएपनि त्यसलाई सबैले मन पराउने कुरामा विश्वास राख्ने प्रियंका मह जोडीको दाल, भात, तरकारीमा एक आइटम गीतमा मात्र देखिने भएकी छिन् । केही दिन अगाडी मात्र प्रियंका यस चलचित्रमा अनुबन्धित भएकी थिइन् ।

नायिका कार्कीले यसअघि पनि केही चलचित्रमा आइटम गीतमा मात्र पनि काम गरेकी थिइन् । चलचित्र दाल, भात, तरकारी आउँदो बैशाखमा प्रदर्शन गरिने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्