चिकित्सा शिक्षा विधेयकमा शिक्षा तथा स्वास्थ्य समितिले डा. केसी, माथेमा प्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गर्ने



०३ भदौ २०७५, काठमाडौं

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा संसोधन दर्ता गराएका संशोधनकर्ता सांसदसँग छलफल गरेको छ ।

आईतबार विहान समितिको कार्यालयमा भएको बैठकमा विधेयकमाथि संशोधनकर्ताहरुको धारणा बुझेको हो । संशोधनकर्ता विन्दा पाण्डे, सोमप्रसाद पाण्डे, राजेन्द्र कुमार केसी तथा खगराज अधिकारी लागाएतले धारणा राखेका थिए । आ–आफ्नो धारणा राख्ने क्रममा विन्दा पाण्डेले आसयपत्र लिईसकेको चिकित्सा शिक्षा अध्ययन गराउने संस्थालाई विस्तारै नाफारहित शिक्षण संस्थामा परिणत गर्दै ट्रष्टमा परिणत गराउनुपर्ने बताएका छन् । साथै उनले शिक्षा अध्ययनका लागि छुट्याईएको ७५ प्रतिशत निशुल्क सिट निम्न वर्गहरुले पाउने शुनिश्चिततामा जोड दिनुपर्ने बताएका छन् । सांसद सोमप्रसाद पुरीले ३ वर्षभित्र नेपालभरि निशुल्कः चिकित्सा शिक्षा अध्ययन गर्न पाउनु पर्ने धारणा राखेका छन् । त्यसैगरि सांसद राजेन्द्र कुमार केसीले कम्तिमा १० वर्ष राजधानीमा मेडिकल कलेज खोल्न बन्द गरेर बाहिर प्राथमिक्ता दिनुपर्ने धारणा राखेका छन् ।

संशोधनकर्ताहरुको भनाईपछि विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनसङ्ख्या तथा भूगोलका आधारमा शिक्षण संस्था खोल्न अनुमति दिईने बताएका छन् । शिक्षण संस्थाको गुणात्मकको विषयमा सरकारले कुनै पनि किसिमको सम्झौता नगर्ने बताएका छन् ।

सरकारको अर्को बैठकमा चिकित्सा शिक्षाको सरोकारवाला निकाय, माथेमा आयोगका प्रतिनिधि, डा. गोविन्द केसी तथा नेपाल मेडिकल काउन्सिल लगाएतसँग छलफल गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्