बूनपा १०,११,१२ का २० महिलाहरु ३ दिने पत्रकारिता तालिम लिँदै



०३ भदौ २०७५, काठमाडौं

बूढानिलाकण्ठ नगरपालिका वडा नं. १०,११,१२ मा रहेका विभिन्न महिला समूहमा क्रियाशील महिलाहरुलाई परिवर्तन खबर डट कमले ३ दिने आधारभूत पत्रकारिता तालिमको शुरुवात आफ्नै कार्यालयबाट गरेको छ ।

साउन २९ गते बू.न.पा. १०,११ र १२ का महिला संजाल अध्यक्षहरुसँग परिवर्तन खबरको कार्यालयमा बसेको वैठकको सहमति अनुसार आजबाट तालिम संचालन गरिएको हो । तालिममा सहभागिताको लागि प्रत्येक वडाबाट ५/५ जना महिलाहरु सहभागी गराउने सहमति भएको थियो । सहभागीको छनोट सम्बन्धित वडाका महिला संजालले नै गरेका थिए ।

महिला संजालको छलफलमा १५ जनालाई निःशुल्क तालिम दिने सहमति भएको भएपनि २० महिलाहरु तालिममा सहभागी भएका छन् । दिनको २ घण्टाको दरले ३ दिन सम्म चल्ने तालिममा पत्रकारिताको आधारभूत जानकारी सहित प्रयोगात्मक रुपमा समाचार लेख्न लगाईने बताईएको छ । प्रयोगात्मक रुपमा कम्तिमा ३ समाचारहरु लेख्ने सहभागीलाई आधारभूत तालिम लिएको प्रमाणपत्र दिईने आयोजकले जनाएका छन् ।

यो पनि पढनुहोस्

बुनपा १०,११ र १२ का महिला संजाल अध्यक्षहरुसँग छलफल

प्रतिक्रिया दिनुहोस्