
इन्गेजमेन्ट भएको केही समय बितिसक्दा पनि नायिका प्रियंका चोपडाले आफ्नो इन्गेजमेन्टबारे केही बोलेकी थिइनन् । तर उनले केहीदिन अगाडि मात्र सम्पूर्ण सेलेबे्रटिलाई निम्तो गर्दै आफ्नो इन्गेजमेन्टको पार्टी दिइन् । आफू भन्दा ११ बर्ष कान्छा निकसँग वैवाहिक जीवनमा बाँधिन लागेकी प्रियंकाले पहिलो पटक आफ्नो प्रेम र इन्गेजमेन्टबारे मुख खाल्दै सामाजिक सञ्जालमा निकसँगको फोटो पोष्ट गरेकी छिन् ।
पार्टीका लागि निकका सम्पूर्ण परिवार भारत आएका थिए । धेरै सेलीबे्रटी उपस्थित भएको पार्टीमा प्रियंकाका पूर्वप्रेमी मानिने शाहरुख खान भने उपस्थित भएनन् । त्यतिमात्र नभएर उनको पार्टीमा सलमान खान आमिर खान जस्ता बलिउडमा सुपरहिट मानिने अभिनेताहरु पनि उपस्थित भएनन् ।
प्रियंकाको पार्टीमा अधिकांश नायिकाहरु निकै सुन्दर पहिरनमा उपस्थित भएका थिए । पार्टीपछि दुवैले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक अर्काको बयान गर्दै स्टासस पनि लेखेका छन् ।





