
०३ भदौ २०७५, काठमाडौँ
दिपिका पादुकोण र सलमान खान दुवै बलिउडका सर्वाधिक सफल र व्यस्त कलाकार हुन् । दुवै एकअर्काका मिल्ने साथी भएपनि यिनीहरुले अहिलेसम्म चलचित्रमा एकसाथ काम गरेका छैनन् । दर्शकले पर्दामा हेर्न निकै माग गरेको यो जोडिका फ्यानहरुका लागि एउटा खुसीको कुरा आएको छ ।
पर्दामा पहिलो पटक सलमानको जोडीको रुपमा दिपिका आउने भएकी छिन् । भारतीय चर्चित निर्देशक सञ्जय लिला भन्सालीको नयाँ चलचित्र इंशा अल्लाह मा यी दुई मुख्य भूमिकामा अनुबन्धित भएका छन् । यसअघि सञ्जय लिला भन्सालीको ३ चलचित्रमा काम गरिसकेकी दिपिका यस चलचित्रको कथा मन परेर चलचित्र गर्न राजी भएको बताउँछिन् । यता सलमान पनि आपूmलाई चलचित्रको कथावस्तु निकै उत्कृष्ट लागेर चलचित्र साइन गरेको बताउँछन् ।
यसअघि सलमान खानसँग किक र सुल्तान जस्ता चलचित्रमा अफर आउँदा चलचित्रको कथा मन नपरेर दिपिकाले अस्वीकार गरेकी थिइन् । बलिउडका निकै चर्चित यी कलाकारको जोडी कत्तिको जम्ने हो त्यो भने सबैको प्रतिक्षाको बिषय बनेको छ ।





