सरकार गठन भएको ६ महिना पुरा, मन्त्रिपरिषद्को बैठक बस्दै



०३ भदौ २०७५, काठमाडौं

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसर पार्दै प्रधानममन्त्री केपी शर्मा ओलीले बैठक बस्न सांसदहरुलाई आह्वान गरेका छन् । बैठक अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने जनाईएको छ ।

बैठकमा हालसम्मको समयावधिमा भएका प्रगति तथा आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको बारेमा समीक्षा तथा छलफल गरिने बताईएको छ ।

साथै १ भदौबाट लागु भएको मुलुकी ऐनका विषयमा देखिएका कमी कमजोरीहरुको बारेमा पनि छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्