अनलाइन सपिङ गर्दा सोच्दै नसोचेको चिज डेलिभरी भएपछि…



पछिल्लो समय इन्टरनेटको माध्यमबाट घरमै बसीबसी अनलाईन सपिङ गर्ने क्रेज निकै पढेको पाईन्छ । आपूmले चाहे अनुरुपको सामान ईन्टरनेटको माध्यमबाट सपिङ गर्दा समयको बचत पनि हुने र भिडभाड र कोलाहलबाट पनि बचिने भएकाले दिनप्रतिदिन मानिसहरु यसप्रति निकै आकर्षित भएका छन् ।

यस्तै चक्करमा घरमै बसेर अनलाईन शपिङ गरेकी एक चिनिया महिलाले भने नसोचेको चिज डेलिभरी पाइन् । चीनको झेझियाङ प्रान्तस्थित सुचाङ निवासी झाङ नामकी महिलाले हेल्थ केयर प्रोडक्ट अर्डर गरेकी थिइन् । तर घरमा सामान डेलिभरी भएपछि उनले प्याकेट खोलेर हेर्दा त्यसबाट प्याकेटबाट अचम्मको गन्ध आइरहेको थियो ।

प्याकेटभित्र मरेको गोही र छेपारो थियो । यो देखेर उनी केहीबेर आत्तिईन र तुरुन्त प्रहरीलाई खबर गरेकी थिईन् । लगत्तै प्रहरीले त्यस प्याकेट भित्र रहेको एउटा ट्यागको सहराले यस्तो हुनुको कारण पत्ता लगायो ।

अर्कै व्यक्तिले अर्डर गरेको जीवित गोही र छेपारो ती महिला कहाँ आइपुगेका रहेछन् । तर गलत ठाउाँ डेलिभरी र लामो समय लगाउँदा दुवै जीव मरेका रहेछन्

प्रतिक्रिया दिनुहोस्