
लन्डनका एक ६३ वर्षीया महिला बगैंचामा तरकारी टिप्न जाँदा छक्क परिन् । उनले त्यहाँ बच्चाको हात जस्तो देखिने गाजर फेला पारेकी छिन् । जसलाई ती महिलाले रहस्यमयी गाजरको नाम दिएकी छिन् ।
बेलायतको अलवर्स्टनमा बसोवास गर्ने विलकिन्सन भन्छिन्, ‘मैले यो गाजर बगैैंचाबाट तान्दा झस्यांग भएँ । यो त ठ्याक्कै बच्चोको हातजस्तो पो देखिन्छ । मलाई सामान्य अवस्थामा आउन केही समय लाग्यो ।’
विलकिन्सन भन्छिन, ‘गाजरको यस्तो आकार कसरी बन्यो मलाई थाहा छैन । यहाँ त कुनै ढुंगा पनि छैन । ढुंगा भएको ठाउँमा यस्ता आकार बन्छन् । त्यसैले यो एक रहस्यमयी गाजर हो ।’

यसअघि पनि ती महिलाले भुइँबाट गाजर तान्दा दुईवटा खुट्टाको आकार भएको गाजर भेटेकी थिईन् । एजेन्सी





