
०२ भदौ २०७५, काठमाडौं
अमेरिकी पप गायक निक जोनससँग प्रेम सम्बन्धमा रहेकी बलिउड नायिका प्रियंका चोपडाले केही समयअघि इन्गेजमेन्ट गरेकी थिईन ।
डिजाइनर मनिष मल्होत्राको पार्टीमा रबिना टण्डनसँग देखिएकी प्रियंका चोपडाको तस्बिरमा पहिलो पटक उनको हातमा औंठी देखिएको छ । जसको मूल्य दुई लाख डलर अर्थात् दुई करोड २५ लाख रुपैयाँ रहेको छ ।
स्रोतका अनुसार उक्त औंठी निकले लण्डनको त्षाबलथ ७ ऋय। कतयचभ मा आफैं गएर किनेका हुन् । प्रियंकाले चाँडै नै आफ्नो इन्गेजमेन्ट पार्टी आयोजना गर्दैछिन् जसका लागि उनले मुम्बईको पाँचतारे होटल बुक गरिएको बताइएको छ ।





