रामधुनीमा आठ दिने उद्यमशिलता विकाश तालिम सुरु



०२ भदौ २०७५, सुनसरी

स्वीसकन्ट्याक्ट नेपाल र एक्टिभ नेपालको साझेदारीमा युवा रोजगार परियोजना अन्तर्गत सुनसरीको रामधुनी नगरपालिकामा आठ दिने उद्यमशिलता विकाश तालिम सुरु भएको छ ।

शुक्रबार देखि सुरु भएको उद्यमशिलता विकाश तालिममा १९ जना युवाहरले सहभागिता जनाएका छन् ।

तालिमको पहिलो दिन व्यतिmगत उद्यमशिल सक्षमता पहिचान र उद्यम र उद्यमशिलताको अवधारणको बारेमा छलफल गरिएको एक्टिभ नेपालका सहजकर्ता रविन्द्र उराँवले जानकारी दिए । आठ दिन सम्म सञ्चालन हुने तालिमा सहभागी भएका युवाहरुलाई व्यवसाय र सेवा व्यवसायको अवधारणा, व्यवसाय दर्ता तथा कानुनी पक्षहरु, आत्मविश्लेषण, जोखिम लिने क्षमताको पहिचान, बजार र बजारीकरणको अवधारणा, व्यावसायिक प्रतिस्पर्धा र समन्वय, विक्री कलाको विकास, व्यावसायिक योजनाको परिचय, व्यावसायिक योजनाको निर्माण अभ्यास, व्यावसायिक योजना निर्माण प्रस्तुतीकरण, व्यवसायको हिसाब किताब राख्ने तरिका, बाह्य जोखिम,कर्जा तथा विप्रेषण, व्यवसाय स्थापना र बिकासमा सहयोग गर्ने निकायहरु र कार्य योजना मुल्याङ्कनको विषयमा तालिम दिने एक्टिभ नेपाल मोरङ्ग सुनसरीका कोअर्डिनेटर भनिरुद चौधरीले जानकारी दिए ।

तालिममा सहभागी भएकाहरुले यो तालिमले आफुहरुलाई व्यावसाय गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्