
०२ भदौ २०७५, काठमाडौं
केही समयअघि अमेरिकन पप सिंगर निकको जन्मदिनको अवसर पारेर बलिउड नायिका प्रियंका चोपडा र निकले ईन्गेजमेन्ट गरेका थिए । हाल उनी आफ्नो आमाबुवाको साथ ईण्डिया आएका छन् । उनीहरुलाई विहान मुम्बई एयरपोर्टमा पिकअप गरिएको थियो ।

पारिवारिक स्रोतका अनुसार नायिका प्रियंका चोपडासँग बिहेको कुरा अघि बढाउनका लागि उनी ईण्डिया आएको बुझिन्छ । निक र प्रियंकाको केही दिन अघि नै ईन्गेजमेन्ट भईसकेको छ । यो पारिवारिक भेटघाटसँगै अब ईन्गेजमेन्ट पार्टी हुने अनुमान गरिएको छ ।
केही दिन अघिमात्रै एक कार्यक्रमको अवसरमा प्रियंकाले स्वयम्बरको औंठी सार्वजनिक गरेकी थिईन् । एजेन्सी





