
०१ भदौ २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० आकाशेधारा कपनका वडाध्यक्ष नवराज भट्टराईले सेवाग्राहीका लागि वडाबाट प्रदान गरिदै आएको निःशुल्क सेवा तथा सिफारिस सम्बन्धमा विज्ञप्ती जारी गरेका छन् ।
जारी विज्ञप्तीमा तपसीलका सेवाहरु वडाबाट निःशुल्क सेवा लिन सकिनेछ ।
१. नागरिकता (नयाँ तथा प्रतिलिपी) सिफरिस
२. नाबालक परिचय पत्र सिफरिस
३. मुत्युपछिको नाता प्रमाणित
४. आदिवासी, जनजाति, दलित, आर्थिक अवस्था कमजोर विपन्न वर्ग, अपाङ्गता सिफारिस
५. जिल्ला जनस्वास्थ्य कार्यालयमा गरिने सिफारिस
६. जेष्ठ नागरिक/विपन्न वर्ग उपचार सिफरिस
७. अदालतमा कोर्ट फि मिनाहा सिफारिस
८. छात्रवृत्ति सिफारिस
९. नक्सापास सर्जमिन
१०. निवेदन दर्ता
११. सूची दर्ता
१२. जन्म दर्ता
१३. मृत्यु दर्ता
१४. विवाह दर्ता
१५. बसाई सराई दर्ता
१६. सम्बन्ध विच्छेद दर्ता






